- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दोलखा । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी लगातार अग्रता लिइरहेका छन् ।
३९ हजार मतगणना हुँदा एमालेका शिवाकोटीले माओवादी केन्द्रका गङ्गा कार्कीसँग मतान्तर बढाएर १८ सय पुर्याएका छन् ।
यसअघि ३४ हजार ४८१ मतगणना हुँदा दुबैबीच १ हजार १६५ मतको अन्तर थियो । त्यस्तै ३७ हजार २२० मतगणना हुँदा एमालेका शिवाकोटी १ हजार ६८३ मतको अन्तरले अगाडि थिए छ ।
अहिले ३९ हजार ३७९ मतगणना हुँदा एमालेका शिवाकोटीले १७ हजार ५२८ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार कार्कीले १५ हजार ७०० मत प्राप्त गरेका छन् । दुबैबीच १ हजार ८२८ मतको अन्तर छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार ४६० मत पाएका छन् । ३ ४ हजार ४८१ मतगणना हुँदा १ हजार ६७५ मत बदर भएको छ ।