arrow

बाँस्कोटाको घर बाहिर भेटिएको वस्तु सेनाले पार्‍यो निष्क्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
banskota-home.jpg

काठमाडौं । एमाले नेता गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरको पर्खालमा शङ्कास्पद वस्तु भेटिएको सूचनापछि सेनाको टोली त्यहाँ पुगेर निष्क्रिय पारेको हो ।

सेनाका अनुसार शङ्कास्पद वस्तु बम नभएको पाइएको  छ । 

बाँस्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको खबरपछि सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।

यसअघि बाँस्कोटाको घरमा प्रेसर कुकर बम विष्फोट भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ