arrow

बालकृष्णको साढे १८ हजार, गङ्गाको १६ हजार बढी मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
dolkha-election.jpg

काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी अगाडि रहेका छन् । 

एमालेका शिवाकोटी माओवादी केन्द्रका गङ्गा कार्की भन्दा १९ सय बढी मतले अगाडि छन् । 

हालसम्म ४१ हजार ९१८ मतगणना हुँदा एमालेका शिवाकोटीले १८ हजार ६६३ मतका साथ अग्रस्थानमा छन् । 

सत्ता गठबन्धनबाट उम्मेदवार कार्कीले १६ हजार ७३७ मतका साथ पछाइरहेका छन् । दुबैबीच १ हजार ९२६ मतको अन्तर छ । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार ५७९ मत पाएका छन् । हालसम्म १७ सय ९७ मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ