arrow

सेनेगलले ईङल्याण्डको सामना गर्दा फ्रान्स विरुद्ध पोल्याण्ड तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
qatar-worldcup-2022.jpg

काठमाडौं। कतारमा जारी विश्वकप फुटबल अन्तर्गत 'राउण्ड अफ सिक्सटिन'का दुई खेलहरू हुँदै छन्।  आइतबार राती गत संस्करणको विजेता फ्रान्सले पोल्याण्डको सामना गर्दै छ। त्यसैगरि सोमवार बिहान सेनेगल र ईङ्ल्याण्ड भिड्दै छन्। यसअघि भएको दुई खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरिसकेका छन् ।

फ्रान्स-पोल्याण्ड

साबिक विजेता फ्रान्सले पोल्याण्डको सामना गर्दै छ। समूह चरणमा खासै उत्कृष्ट प्रदर्शन नगरेको पोल्याण्डले आफ्नो खेलमा सुधार नगर्ने हो भने फ्रान्सलाई रोक्न असम्भव देखिएको छ। फ्रान्सका म्यानेजर डेसच्याम्पसले लेनण्डोस्कीका लागि आफूहरू तयार रहेको बताएका छन्।

फ्रान्सका लागि लेवण्डोस्की खतरा हुनसक्ने भनेर तयारी गरेको म्यानेजरले अन्ताराष्ट्रिय मिडियाहरूलाई बताएका छन्। पोल्याण्डबाट लेवण्डोस्की खतरनाक हुनसक्ने सम्भावना रहँदा पोल्याण्डलाई एम्बापेको डर रहने छ ।

विश्वकप फुटबलमा फ्रान्स र पोल्याण्डको यो दोस्रो भेट हुनेछ । यसअघि दुई टोली बीच सन् १९८२को विश्वकपमा तेस्रो स्थानका लागि खेल भएको थियो। उक्त खेलमा पोल्याण्ड ३-२ गोलले बिजयी भएको थियो। फ्रान्सले पोल्याण्डसँगको अन्तिम ७ खेलहरूमा कुनै पनि खेल हारेको छैन। तीनमा विजयी र चार बराबरीमा टुङ्गिएको छ। खेल आइतबार राती ०८:४५ बजे हुनेछ

ईङल्याण्ड-सेनेगल

ईङल्याण्ड र सेनेगल बीचको खेल प्रतिस्पर्धात्मक हुने निश्चित रहेको छ। अफ्रिकन च्याम्पियन सेनेगलले ईङल्याण्डको सामू राम्रो चुनाती दिने छ। समूह चरणमा अपराजित रहेको ईङल्याण्डका लागि आफ्नो समूहमा दोस्रो भएर आएको सेनेगलले चुनौती दिन तयार रहेको छ।

ईङल्याण्डले अहिलेसम्म नकआउट चरणमा अफ्रिकन देशहरूसँग पराजय नभोगेको इतिहास रहेको छ। उता सेनेगलले सन् २००२मा राउण्ड अफ सिक्सटिनमा स्विडेनलाई पराजित गरेको थियो। सेनेगलको यो दोस्रो नकआउट चरणमा प्रवेश भएको छ।

ईङ्लयाण्डले आफ्नो पहिलो ११मा कस्तो टोली उतार्छ भनेर ईङ्लिश फ्यानहरु कुरेर बसेका छन्। उता सेनेगलका म्यानेजर सिसे बिरामी रहेका छन्। उनी सम्भवतः खेलको दौरान डगआउटमा आउने छन् भनेर उनको असिस्टेन्टले मिडियालाई बताएका छन्। खेल सोमवार ००:४५ बजे बिहान हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ