arrow

दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
Dolakha-hamrakura.jpg.jpeg

काठमाडौं। दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भएका छन् ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

 उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरेका छण् । प्रदेशसभामा निर्वाचित केसीले यसअघि भीमेश्वर नगरपालिकाका प्रमुख थिए ।

 उनका प्रतिस्पर्धी लामा नेपाली कांग्रेस दोलखाका सभापतिले निर्वाचनको नजिता आइसकेपछि केसीलाई बधाई दिएका थिए । यसअघि २०७४ सालको चुनावमा नेकपा (माओवादी केन्द्र)का विशाल खड्कासँग लामा प्रदेशसभा सदस्यमा पराजित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ