arrow

एम्बापेको उत्कृष्ट प्रदर्शनले फ्रान्स क्वार्टरफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
embappe-france-2021.jpg
फाइल तस्विर।

काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन फ्रान्स क्वार्टरफाइनल प्रवेश गरेको छ। फ्रान्सले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो।

खेलको पहिलो हाफमा फ्रान्सले गोल गर्ने थुप्रै राम्रा अवसरहरू सृजना गरे पनि गोल गर्ने सकेको थीएन। पहिलो हाफकै ४४औंमिनेटमा फ्रान्सका लागि ओलिभर जिरुले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उनले एम्बापेको असिस्टमा गोल गरेका थिए। जिरुको उक्त गोल देशका लागि ५२औं गोल थियो। उनी फ्रान्सका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी भएका छन्।

दोस्रो हाफमा सशक्त देखिएको फ्रान्सले आफ्ना स्टार खेलाडी काइलिन एम्बापेको दुई गोलले खेलमा ३-०को अग्रता लिएको थियो। एम्बापेले ७४औं र ९१औं मिनेटमा गोल गरेका थिए। खेलमा पोल्याण्डका लागि ९९औं मिनेटमा लेवन्डस्कीले सान्त्वना गोल गरेका थिए। उनले पेनाल्टी मार्फत गोल गरेका थिए। 

खेलका प्लेयर अफ दि म्याच फ्रान्सका एम्बापे घोषित भए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ