arrow

दोलखाका केही स्थानको मतगणना हुन बाँकी रहँदा गठबन्धनका कार्कीको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
dolkha-election.jpg

काठमाडौं । दोलखामा ७४ हजार मतगणना हुँदा सत्ता गठबन्धन माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता कायमै गरेका छन् ।  

पछिल्लो मतपरिणाम अनुसार माओवादी कार्की नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी भन्दा १ सय १ मतले अगाडि रहेका छन्। 

हालसम्म ७४ हजार ८९१ मतगणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार कार्कीले ३२ हजार ४३७ मत पाएका छन् । 

एमालेका शिवाकोटीले ३२ हजार ३३६ मतका साथ पछाइरहेका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ४६१ मत पाएका छन् । राप्रपाका विजय खड्का १४ सय ५० मत रहेको छ । 

मतगणना भएको मत मध्ये ३ सय ७५ मत बदर भएको छ । यसअघि एमालेका शिवाकोटी अगाडि रहेका थिए । 

अब शैलुङ गाउँपालिकाको वडा नं. १,२ र ३, मेलुङ गाउँपालिकाको १ र ३, विगु गाउँपालिकाको १, २ र ३ को मतगणना हुन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ