arrow

अमृत बेलाबाट दिन शुरु, शिवको प्रिय दिन कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
rashifal-horoscope-green.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ मंसिर १९ गते सोमबार, इस्वीसंवत डिसेम्वर ५ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार मार्गशीर्षशुक्लपक्षको द्वाादशी तिथि रहनेछ । नक्षत्रमा अनुराधा, विष्कुम्भादि योगमा परिध, करणमा बालब, आनन्दादि योगमा राक्षश रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । दिनमान २६ घटि ०५ पला अर्थात १० घण्टा ४० मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४१ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०७ बजे हुनेछ । 

आजको राशिफल

मेषः स्वास्थ्य भरपर्दो रहनेछ । घुमेको धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ ।

वृषः तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्वपूर्ण काम बन्ने सम्भावना पनि छ ।

मिथुनः लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आपूmलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ । समय शुभ छ, उपयोग गर्नुहोला । 

कर्कटः समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासी खराबी आउन सक्नेछ । आँटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।

सिंहः स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ ।

कन्याः स्वास्थ्यमा खास कुनै गड्वढी देखिनेछैन । तर आँटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । 

तुलाः मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

वृश्चिकः पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक भावना सञ्चरण हुन सक्छन् । कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । व्यक्तिगत महत्वाकांक्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुन सक्छ । समग्रमा समय शुभ छ । 

धनुः बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रशन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसंगका लागि अनुकूल समय छ ।

मकरः बिहानको समय शुभ छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुन सक्छन् । तर्क, वहस र वादविवादमा आज नलाग्नुहोला । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । 

कुम्भः आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज छैन । अढैया शनिको प्रभावले केही काम भने बिग्रने सम्भावना रहनेछ ।

मीनः समय अत्यन्तै खराम छ । तपार्इंको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ । खानामा गडबडी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।

साइतः सूर्य वृश्चिक चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः१९ बजेदेखि      ०७ः४१ बजेसम्म    अमृत बेला
बिहान ०७ः४१ बजेदेखि      ०९ः०३ बजेसम्म     काल बेला
बिहान ०९ः०३ बजेदेखि      १०ः२५ बजेसम्म     शुभ बेला
बिहान १०ः२५ बजेदेखि       ११ः४७ बजेसम्म    रोग बेला
बिहानमा ११ः४७ बजेदेखि       १ः०९ बजेसम्म   उद्वेग बेला
दिनमा १ः०९ बजेदेखि        २ः३१ बजेसम्म      चर बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५३ बजेसम्म     लाभ बेला
साँझ ३ः५३ बजेदेखि        ५ः१५ बजेसम्म     अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ