arrow

इङ्गल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग भिड्ने

सेनेगललाई ३ गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्ड क्वाटरफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
england-iran-football.jpg

काठमाडौं ।  इङ्गल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्गल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अब इङ्गल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ । फ्रान्स पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ ।

इङ्गल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । 

साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्गल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्गल्याण्डले ३-० ले जित्यो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ