arrow
ADVERTISEMENT

सत्ता गठबन्धनको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
baluwatar satta gathabandan-mcc.JPG

काठमाडौं । आज सत्ता साझेदार दलको बैठक बस्दै छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सत्त गठबन्धनको बैठक बस्ने लागेको हो । 

बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । 

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही खुलाइएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ