arrow

फेरि अघि लागे शिवाकोटी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
dolkha-election.jpg

काठमाडौं । दोलखामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

अहिले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी पुनः अगाडि लगेका छन् । 

 ७८ हजार ३ सय ४८ मतगणना हुँदा एमालेका शिवाकोटी माओवादी केन्द्रका गङ्गा कार्कीलाई ३० मतले पछि पार्दै अगाडि लागेका हुन् । 

हालसम्मको मत परिणाम अनुसार एमालेका शिवाकोटीले ३३ हजार ९३९ मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका कार्की ३३ हजार ९०९ मत पाएका छन् । 

यसअघि कार्की १ सय १ मतले अगाडि रहेका थिए । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ५५० मत पाएका छन् । राप्रपाका विजय खड्का १४ सय ९३ मत रहेको छ । 

मतगणना भएको मत मध्ये ३ सय २४६ मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ