arrow

२ हजार मत गन्न बाँकी रहँदा गंगा अगाडि, बालकृष्ण पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
dolkha-election.jpg

काठमाडौं । करिब २ हजार मत गणना हुन बाँकी रहँदा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । 

दोलखामा जारी मतगणनामा माओवादीका कार्की नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी भन्दा ४ सय ८६ मतले अगाडि रहेका छन्। 

हालसम्म ८३ हजार १८१ मतगणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार कार्कीले ३६ हजार २९१ मत पाएका छन् । 

एमालेका शिवाकोटीले ३५ हजार ८०५ मतका साथ पछाइरहेका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ७७२ मत पाएका छन् । राप्रपाका विजय खड्का १५ सय ५७ मत रहेको छ । 

मतगणना भएको मत मध्ये ३ हजार ४३६ मत बदर भएको छ । यसअघि एमालेका शिवाकोटी अगाडि रहेका थिए । 
 
कूल मत ८५ हजार ३८८ खसेको थियो ।  अब २२ सय ७ मत गन्न बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ