arrow

६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
chinsese-astronauts-china-space.jpg

काठमाडौं । तीन चिनियाँ अन्तरिक्ष यात्री चीनको अन्तरिक्ष स्टेशनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन्।

नोभेम्बरमा सम्पन्न भएको टियाङगोङ अन्तरिक्ष स्टेशनको अन्तिम निर्माण चरणको निरीक्षण गर्न उनीहरू ५ जुनमा अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए।

चीनको भित्री मङ्गोलियाको स्वायत्त क्षेत्रमा आइतबार सेन्झाउ १४ अन्तरिक्ष यानमा चालक दलले पृथ्वी छोएका हुन् ।

चीनको अन्तरिक्ष एजेन्सीले यो मिसनलाई 'पूर्ण सफल' घोषित गरेको छ ।

कमाण्डर चेन डोङ र टोलीका साथीहरू लिउ याङ र काई जुझेले राज्य प्रसारक सीसीटीभीद्वारा प्रसारित अडिओमा अवतरणपछि आफूहरूको अवस्था ठिक रहेको बताएका छन् ।

अवतरण साइटका कर्मचारीहरूले चालक दललाई एग्जिट क्याप्सुलबाट बाहिर निकालेका थिए । जुन अन्तरिक्ष स्टेशनबाट अनडक गरेको करिब नौ घण्टा पछि स्थानीय समय अनुसार साँझ ८ बजेको समयमा हो।

चीनको पहिलो महिला अन्तरिक्ष यात्री याङले अन्तरिक्ष स्टेशनमा बिताएको आफूलाई अविस्मरणीय सम्झना रहेको बताइन् र 'मातृभूमि फर्कन पाउँदा उत्साहित छु,' सिन्ह्वा राज्य समाचार संस्थाले उनलाई उद्धृत गर्दै लेखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ