arrow

नेयमार टोलीमा फर्किँदा ब्रजिल उत्साहित, जापान क्वार्टरफाइनलको दाउमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
qatar-worldcup-2022.jpg

काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल अन्तर्गत'राउण्ड अफ सिक्सटिनक'को दुई खेल हुँदै छन्। सोमवार राती क्रोएसिया र जापान भिड्दै छन् भने मङ्गलवार बिहान ब्रजिलले दक्षिण कोरियाको सामना गर्ने छ।

एसियाका दुई देशहरूले फुटबलमा राम्रो प्रगति गरिसकेका छन्। उनीहरू कुनै पनि टोलीलाई हराउन सक्षम देखिएका छन्। यो विश्वकपमा कोरिया र जापानको प्रदर्शन उत्कृष्ट रहेको छ। जापान आफ्नो समूहबाट समूह विजेता भएर राउण्ड अफ सिक्सटिनमा पुगेको हो। जापानको समूहमा स्पेन र जर्मनी रहेका थिए। स्पेन दोस्रो भएको हो भने जर्मनी बाहिरिएको थियो।

दक्षिण कोरियाले समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै समूहमा दोस्रो हुँदै राउण्ड अफ सिक्सटिनको यात्रा तय गरेको हो। जित्नै पर्ने खेलमा कोरियाले उत्कृष्ट प्रदर्शन गरेको थियो।

ब्रजिल-दक्षिण कोरिया

ब्रजिलका स्टार खेलाडी नेयमार राउण्ड अफ सिक्सटिन खेलका लागि उपलब्ध भएको कोच टिटेले बताएका छन्। प्रतियोगिताको पहिलो खेलमा सर्वियासँगको खेलमा घाइते भएका नेयमारले समूह चरणका दुई खेल खेलेनन्। उनको उपलब्धताबारे धेरै अड्कलबाजीहरू भएका थिए।

अर्का घाइते खेलाडी ड्यानिलो पनि टोलीमा फर्किएका छन् भने डिफेन्डर एलेक्स टेलेस टोलीबाट बाहिरिएका छन्।

उता अर्का स्ट्राईकर गाब्रियल जिसुस घुँडामा चोट लागेका कारण टिमबाट बाहिरिएका छन्। उनलाई क्यामरुन विरुद्धको खेलमा घुँडामा चोट लागेको थियो।

यसअघि कोरिया र ब्रजिल ७ पटक खेलेका छन् जस्मा ब्रजिलले ६ पटक विजय हात पारेको छ भने १मा कोरिया विजयी भएको छ। दुई टोली कुनै ठुलो प्रतियोगितामा पहिलो पटक आमने सामने हुँदै छन्।

कोरिया सन् २०१०को विश्वकप पछि पहिलो पटक नकआउट चरणमा पुगेको हो।खेलको अन्तिम खेलमा पोर्चुगललाई पराजित गरेर दोस्रो चरण उक्लिएको कोरियाको मनोबल उच्च रहने छ। ब्रजिल अन्तिम पटक राउण्ड अफ सिक्सटिनबाट बाहिरिएको सन् १९९०को विश्वकपमा हो । त्यसयताका सबै  विश्वकपमा ब्रजिल क्वार्टरफाईनल प्रवेश गरेको छ।

जापान-क्रोएसिया

गत विश्वकपको उपविजेता रहेको क्रोएसियाले जापानको सामना गर्दै छ। जापानले आफ्नो समूहमा जर्मनी र स्पेनलाई हराएर पहिलो हुँदै यहाँसम्मको यात्रा तय गरेको हो। क्रोएसियाले बेल्जियम र मोरोक्कोसंग गोल रहित खेल खेलेको थियो। अन्तिम खेलमा क्यानाडालाई ४-१ले हराउँदै समूह उपविजेता भएको हो।

क्रोएसियाका कोचले जापान बारे टिप्पणी गर्दै भने 'विश्वकप अघि मलाई जापान, जर्मनी, स्पेनमा को प्रतिद्वन्द्वी छान्छौ भनेको भए म जापान भन्थे तर अहिले जापानले स्पेन र जर्मनी दुवैलाई हराई सकेको छ।' उनले प्रेस मिटमा यसरी जापानको तारिफ गरेका थिए। जापान क्रोएसियालाई हराउँदै क्वार्टरफाइनल जाने दाउमा रहेको छ।

विश्वकपमा यो जापान र क्रोएसिया बीचको तेस्रो बेट हो। सन् १९९८मा क्रोएसिया १-० गोलले विजयी भएको थियो भने सन् २००६मा ०-०को बराबरीमा खेल सकिएको थियो। जापान राउण्ड अफ सिक्सटिनबाट तीन पटक बाहिरिइसकेको छ। सन् २००२, २०१० र २०१८मा राउन्ड अफ सिक्स्टिनबाटै बाहिरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ