arrow

गोलकिपरको उत्कृष्ट प्रदर्शनले क्रोएसिया क्वार्टरफाइनल प्रवेश, जापान स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
qatar-worldcup-2022.jpg

काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगितामा क्रोएसियाले जापानलाई टाईब्रेकरमा पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। समूह विजेता बनेर आएको जापान क्वार्टरफाइनलसम्म पुग्ने अपेक्षा गरिएको थियो।

निर्धारित ९० मिनेटमा दुवै तर्फबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो। उक्त समयमा पनि कुनै गोल हुननसकेपछि खेल टाइब्रेकरमा गएको थियो।

टाईब्रेकरमा क्रोएसिया ३-१ गोलले विजयी भएको थियो। क्रोएसियाका गोलकिपरडोमिनिक लिभाकोविचले तीन उत्कृष्ट बचाउ गरेका थिए ।त्यसैगरि जापानका किपर सुईची गोन्डाले पनि एउटा पेनाल्टी बचाएका थिए।

निर्धारित ९० मिनेटको खेलमा खेलको ४३औं मिनेटमा जापानका दाजिएन माएदाले गोल गर्दै आप्नो टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-०को अग्रता लिएको जापानले दोस्रो हाफमा आफ्नो अग्रता बचाउन सकेन र ५५औं मिनेटमा क्रोएसियाका ईभान पेरिसिचले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए।

क्रोएसियाले क्वार्टरफाइनलमा ब्रजिल र दक्षिण कोरियाको विजेतासँग खेल्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ