arrow

४२ हजार बढीमा डेंगी संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
dangue.jpg

बागमती । लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।

बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेंगीबाट संक्रमणमितको सङ्ख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

डेंगीबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ । काठमाडौँ जिल्लामा ११ हजार एक सय २७ डेंगीका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेंगीका संक्रमणमित फेला परेको बताइएको छ । 

डेंगीको संक्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा  पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

 त्यसैगरी प्रदेशमा हालसम्म डेंगी संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या  २३ पुगेको बताइएको छ । काठमाडौँका सात, सिन्धुली र रामेछापका तीन÷तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई÷दुई र धादिङका एक÷एक जनाको मृत्यु भएको छ ।   



नयाँ