arrow
ADVERTISEMENT

विद्याले लिइन् प्रतिस्पर्धीसँग सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
Bidhya Bhattrai.jpg

पोखरा । कास्की क्षेत्र नं. २ बाट निर्वाचित सांसद विद्या भट्टराईले आफूसँगै प्रतिस्पर्धा गरेका उम्मेदवारहरूसँग सुझाव लिएकी छन् ।

सोमबार आयोजित भेटघाट कार्यक्रममा उनले विकासको प्रभावकारी अनुगमन, सरकारी अस्पतालहरूको स्तरोन्नति, कम्तीमा वर्षको एक पटक सबै नागरिकको स्वास्थ्य परीक्षण, शिक्षा क्षेत्रको सुधार, पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर पोखराको समृद्धिमा जोड दिने र प्रभावकारी नीति निर्माणमा संसदमा सक्रिय रहने विषयमा सुझाव लिएकी हुन् ।

सो अवसरमा सहभागी उम्मेदवारहरूले समृद्धिका साझा लक्ष्य प्राप्त गर्न आगामी दिनमा जनप्रतिनिधिका हिसाबले प्रभावकारी रूपमा अघि बढ्न सांसद भट्टराईलाई आग्रह गरे । उनीहरूले कास्कीको विकासका लागि यस्ता छलफलहरू महत्त्वपूर्ण हुने र यी भेटघाट नियमित गरि सुझाव लिएर काम गर्न पनि उनीहरूले सुझाव दिएका थिए । 

भेटघाटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेल, एकीकृत समाजवादीका श्रीनाथ बराल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्ण राज पन्तसहित नेकपा एमाले कास्की क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटी संयोजक तथा जिल्ला कमिटी कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी र राप्रपाका नेता हरि बराल लगायत सहभागी थिए । 

सुझाव लिएपछि सांसद भट्टराईले चुनावमा प्रतिस्पर्धा भए पनि विकास निर्माणमा सवालमा मित्रवत् ढङ्गले अघि बढ्ने भन्दै आफूसँगै प्रतिस्पर्धा गरेका उम्मेदवारका एजेण्डा पनि आफूले सँगै अघि बढाउने प्रतिबद्धता जनाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ