arrow
ADVERTISEMENT

पुलमुनि ट्रक खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
accident-tipper.jpg

भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ ।

 मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । 

उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ