arrow
ADVERTISEMENT

दुर्घटनामा चालकको मृत्यु

logo
रवीन्द्र यादव,
प्रकाशित २०७९ मंसिर २० मंगलबार
bike-accident.jpg

नवलपरासी पश्चिम । गण्डक नहर सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

नवलपरासी पश्चिमप्रतापपुर गाउँपालिका वडा नं ५ बैदौली स्थित गण्डक नहर सडक खण्डमा राति साढे आठ बजे मोटरसाइकल दुर्घटना पछि २० वर्षका राहुल नेटुवाको मृत्यु भएको छ । 

झुलनिपुर देखि गुठी सुर्यपुरा जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५६ एफ ४१७७ नम्बरको मोटरसाइकल राति अनियन्त्रित भई पल्टिँदा नेटुवाको टाउकोमा गम्भीर चोट लागेको थियो । 

नेटुवालाई उपचारको लागि जिल्ला अस्पताल परासीमा उपचारको क्रममा राति १० बजेमा डाक्टरले मृत घोषणा गरेका हुन् । 

मोटरसाइकल पछाडि बस्ने सोही ठाउँका अक्बारको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ