arrow

मतान्तरमा रवि लामिछाने पहिलो, ओलीलाई धेरै मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
ravi-oli.jpg

काठमाडौं । मङ्सिर ४ को निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी हुने उम्मेदवारमा स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने रहेका छन् । चितवन क्षेत्र नम्बर २ मा लामिछानेले ३४ हजार १ सय ७० बढी मतान्तरले विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् भने सत्तारूढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको १४ हजार ९८३ मत पाए ।

त्यस्तै भक्तपुर क्षेत्र नम्बर १ बाट नेमकिपाका सचिव प्रेम सुवाल ३० हजार ७९३ मतान्तरले निर्वाचित भए। सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् भने एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए । 

यसबर्षको निर्वाचनमा सबैभन्दा बढी मत एमाले अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष ओलीले  ५२ हजार ३१९ मत प्राप्त गरे। मतान्तरको हिसाबले भने ओली तेस्रो स्थानमा छन् । ओली २८ हजार ५७६ मतान्तरले विजयी भएका हुन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । 
 
त्यस्तै मोरङ ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा २२ हजार ७३६ मतान्तरले विजयी भए । नेकपा एमालेका भानुभक्त ढकाललाई करिब दोब्बर बढी मत ल्याएर उनी विजयी भए । शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ