arrow

क्वार्टरफाइनलको अन्तिम दुई स्थानका लागि चार टोली भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
qatar-worldcup-2022.jpg

काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगितामा राउण्ड अफ सिक्सटिनका अन्तिम दुई खेलहरू हुन गइरहेका छन् । पहिलो खेल मोरक्को र स्पेनका बीच हुनेछ भने दोस्रो खेलमा स्विजरल्याण्डले पोर्चुगलको सामना गर्नेछ ।

अहिलेसम्म क्वार्टरफाईनलमा खेल्ने ६ वटा टिमको निर्णय भइसकेको छ ।  नेदरल्याण्ड्स-अर्जेन्टिना, ब्रजिल-क्रोएसिया, फ्रान्स-ईङल्याण्ड  क्वार्टरफाइनलमा भिड्ने छन्। बाँकी रहेको दुई खेलमा विजयी टोलीहरुले क्वार्टरफाइनलम एक अर्काको सामना गर्ने छ।

स्पेन-मोरक्को
मोरक्को समूह 'एफ'बाट पहिलो भएर राउण्ड अफ सिक्सटिनमा पुगेको हो भने स्पेन आफ्नो समूहमा दोस्रो भएर माथि उक्लिएको हो। मोरक्कोको समूहबाट दोस्रो भएको क्रोएसियाले स्पेनको समूहमा रहेको जापानलाई पराजित गरेर क्वार्टरफाईनलको यात्रा तय गरेको छ।

स्पेनको टोली मोरक्कोको सामान गर्न तयार रहेको छ। स्पेनका सबै खेलाडी स्वास्थ्य रहेको म्यानेजर लुइस एनरिकेले बताएका छन्। समूहमा राम्रै प्रदर्शन गरेको स्पेनले मोरोक्को विरुद्ध कस्तो रणनीति लिन्छ त्यसमा खेलको नतिजा निर्भर रहने छ।

स्पेनका म्यानेजरले आफ्नो टोलीलाई नकआउट खेलका लागि पेनाल्टीमा तयारी हुन भनेका छन्। उनले विश्वकपमा आउनु अघि हजार पेनाल्टी प्र्याक्टिस गर्न खेलाडीलाई भनेका थिए।युरो २०२०मा ईटलीसँग टाईब्रेकरमा हारे पछि एनरिकेले यस्तो भनेका हुन्।

मोरोक्कोले दोस्रो पटक पहिलो चरण पार गरेको छ। सन् १९८६को विश्वकपमा मोरक्को दोस्रो चरण पुगेको थियो र जर्मनीसँग १-०ले पराजित भएको थियो। यसैगरि स्पेनले मोरोक्को विरुद्ध तीन खेलमा २मा जीत र १मा बराबरी खेलेको छ।

मोरोक्कोको यसपालीको टोली राम्रो रहेको छ । असरफ हाकिमी, हाकिम जिएच, रोमान साइस जस्ता खेलाडीहरुले स्पेनलाई अफठ्यारो पर्न सक्छन्। स्पेनका सेसर एजप्लिक्वेटा जापानसँगको खेलमा घाइते रहेका थिए। उनी पनि ट्रेनिङमा फर्किसकेका छन्।

पोर्चुगल-स्विजरल्याण्ड
पोर्चुगल र स्विजरल्याण्ड बीचको खेल रोमाञ्चक हुने निश्चित रहेको छ। समूह चरणमा पहिलो भएर माथि उक्लेको पोर्चुगलले स्विजरल्याण्डको सामना गर्न भने सजिलो छैन। स्विजरल्याण्डले नेसन्स लिगमा पोर्चुगललाई १-० गोलले पराजित गरेको थियो।

समूह चरणमा ब्रजिल बाहेकको दुई खेल जितेको स्विजरल्याण्ड पोर्चुगललाई रोक्ने मनोभावका साथ मैदानमा ओर्लिने छ। पोर्चुगल पनि विश्वकप जित्ने अपेक्षाका साथ विश्वकपको यात्रा सुरु गरेको छ।

सन् १९६६ र २००६को विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको पोर्चुगल यसपाली तेस्रो पटक क्वार्टरफाइनल पुग्ने तयारीमा लागेको छ। क्रिष्टियानो रोनाल्डोले विश्वकपमा ८ गोल गरिसकेका छन् तर उनले नकआउट चरणमा गोल गर्न सकेका छैनन्। स्विजरल्याण्डलाई रोक्न क्रिष्टियानोको उत्कृष्ट खेल पोर्चुगललाई आवश्यक रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ