झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका तयार पार्न जरुरी रहेको बताएका छन् ।
प्रतिनिधि सभा सदस्यमा विजय भएको सन्दर्भमा मंगलबार झापाको क्षेत्र न १ अन्तरगतको धुलाबारीमा आयोजित मतदाता धन्यवाद तथा आभार समारोहलाई सम्बोधनका क्रममा उनले मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छ्न् ।
सम्बोधनकै क्रममा उनले लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, महिला, मजदूर सबै बर्गका व्यक्तिले देश विकासमा आ–आफ्नो स्थानबाट योगदान गरिरहेको बताए ।
देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै नभएर सबैले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
सोही कार्यक्रममा अर्का नवनिर्वाचित प्रदेशसभा ९१० का सदस्य गोपाल तामाङले आफूले गरेका वाचाहरु पूरा गर्ने उल्लेख गर्दै मतदातालाई कहिल्यै निराश नबनाउने बताएका थिए ।