arrow

समानुपातिकतर्फ एमालेलाई ३४, कांग्रेसलाई ३२ सिट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ ।

समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा एमालेले पाएको छ । २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको एमालेले ३४ सिट पाएको छ।

त्यस्तै २७ लाख १५ हजार दुई सय २५ मत पाएको नेपाली कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । 

११ लाख ७५ हजार छ सय ८४ मत पाएको नेकपा (माओवादी केन्द्र)ले १४ सिट पाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४ मत पाएको थियो । 

पाँच लाख ८८ हजार आठ सय ४९ मत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट जित हात पारेको छ । 

चार लाख २१ हजार तीन सय १३ मत पाएको जनता समाजवादी पार्टीले ५ सिट पाएको छ ।

तीन लाख ९४ हजार छ सय पाँच मत पाएको जनमत पार्टीले ५ सिट पाएको छ ।

त्यसै नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलले थ्रेसहोल्ड कटाउन सकेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ