arrow

चीनमा कोरोना नीति खुकुलो, संक्रमितहरू घरमै बस्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
china-covid-cases-increase.jpg

काठमाडौं । चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले अब, कोभिड-१९ को सामान्य लक्षण देखिएका बिरामीहरुले घरमै बसेर उपचार गर्न सक्ने बताएको छ ।

चीनका कम्तिमा एक दर्जन सहरहरूले विगत केही दिनहरूमा महामारी नियन्त्रणका कडा उपायहरूलाई सामान्यीकरण गरेको छ ।

यस अन्तर्गत सार्वजनिक यातायात गर्नका लागि निरन्तर कोभिड-१९ परीक्षणको प्रमाणपत्र बोक्नु पर्नेलगायतका कुराहरु विभिन्न सहरले खारेज गरेको छ ।

सांघाई र दक्षिण पश्चिमी चीनको चोङकिङ जस्ता सहरहरूमा न्यूक्लिक एसिड परीक्षणको आवश्यकता कम गर्नु र रद्द गरिएको छ ।

बेइजिङ र गुआन्झाउ जस्ता अन्य ठाउँहरूले पनि कोभिड-१९ पुष्टि भएका बिरामीहरुले घरमै बसेर पनि उपचार गर्नसक्ने जस्ता नयाँ नीतिहरु अँगालेको छ ।

चीनमा पछिल्ला हप्ताहरुमा कडा शुन्य कोभिड-१९का नीतिहरुलाई लिएर देशका विभिन्न शहरहरुमा विरोध चर्किएको थियो । त्यसयता चीनले कोभिड-१९का कट्टर नीतिहरु कमजोर पार्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ