arrow

नाकाबन्दीले आर्थिक वृद्धिदर ऋणात्मक

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
पाल्पा । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नाकाबन्दीले आर्थिक बृद्धिदर ऋणात्मक हुने अवस्थामा रहेको बताएका छन् । गभर्नर नेपालले समृद्धिबाट नै मुलुकको राष्ट्रियता मजबुत हुने बताए । 
 
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले पाल्पामा गरेको अन्र्तक्रियामा बोल्दै गभर्नर नेपालले नेपाली नागरिकमा भएको सम्पन्नताले मात्र राष्ट्रियता बलियो बन्ने जिकिर गर्दै नयाँ ढङ्गबाट सोच्नुपर्ने बेला आएको बताए ।  
 
गभर्नर नेपालले पर्यटन प्रवद्र्धन र विद्युत् उत्पादनबाट समृद्धि सम्भव छ–भने । उनले देश प्राकृतिकरुपमा सम्पन्न भएकाले पर्यटन क्षेत्रको विकास र विद्युत् उत्पादनले देशको विकास गर्न र राष्ट्रलाई मजबुत बनाउन सकिने धारणा राखे । 
भारतले गरेको नाकाबन्दी अझै दुई–चार दिन लम्बिए आर्थिक वृद्धिदर ऋणात्मक हुने सुनाउँदै अहिलेसम्म सञ्चित पुँजीको अवस्था राम्रो रहे पनि विकास खर्च र कर सङ्कलनमा गम्भीर असर पर्ने जानकारी दिए । गभर्नर नेपालले नाकाबन्दीले निर्यात २५ प्रतिशत र आयात ३२ प्रतिशतले घटेको र आन्तरिक अर्थतन्त्र सुदृढ हुन नसकेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ