arrow

सरकारले दियो निर्वाचन आयोगलाई धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
election-commission-head-office-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ ।
 
मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाजलगायतलाई पनि धन्यवाद दिएको छ ।
 
नेपाल सरकारद्वारा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउने सबैलाई सरकारकातर्फबाट धन्यवाद दिने निर्णय भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ