arrow

प्रतिनिधि र प्रदेश सभाको समानुपातिकमा कुन दललाई कति सिट ? [विवरणसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
samanupatik-pradesh-sabha.jpg

काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । प्रतिनिधि सभाको ११० र प्रदेश सभाको २२० सिटमा बाँडफाँट भएको हो । 

सबैभन्दा बढी एमालेले १०४ सांसद पाएको छ । प्रतिनिधि सभामा ३४ सांसद पाएको एमालेले प्रदेशतर्फ प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । 

यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधि सभामा ३२,  प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । 

४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधि सभामा १४,  प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।

२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधि सभामा ७,  प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा मात्र १३ सिट पाएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र  प्रदेशसभामा ९ सांसद पाएको छ । जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । 

प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १,  हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ