निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाएको छ : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
486
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताएका छन्।
उभौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भई अगाडि बढ्नसमेत आग्रह गरे ।
यस्तै अध्यक्ष दाहालले किराँत समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस) का अवसरमा दुवै समुदायलाई शुभकामना दिएका छन् ।
यी पर्वले नेपालको सांस्कृतिक विविधतासँगै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न मद्दत मिल्ने उनको विश्वास छ ।