arrow

सीको भ्रमणका क्रममा साउदी र चीनबीच ३४ वटा लगानी सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
xi-jinping-china-saudi.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको तीन दिने भ्रमणको क्रममा साउदी अरेबिया र चिनियाँ कम्पनीहरूले ३४ वटा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । साउदीको आधिकारिक साउदी प्रेस एजेन्सी (एसपीए) ले बिहीबार यस्तो जानकारी दिएको हो ।

तीन दिने साउदी भ्रमणका लागि सी बुधबार रियाद पुगेका थिए। कोरोना भाइरसको महामारी शुरु भएदेखि यो उनको तेस्रो विदेश यात्रा हो।

बुधबार साँझ साउदी र चीनबीच हरित ऊर्जा, हरित हाइड्रोजन, फोटोभोल्टिक ऊर्जा, सूचना प्रविधि, क्लाउड सेवा, यातायात, रसद, चिकित्सा उद्योग, आवास र निर्माण कारखाना लगायतका विभिन्न क्षेत्रमा दर्जनौं सम्झौतामा हस्ताक्षर भएको छ ।

साउदी अरेबियाका लगानी मन्त्री खालिद बिन अब्दुलअजिज अल-फलिहले सम्झौताहरूले राजा सलमान र युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा चीनसँग आर्थिक र लगानीलगायत सबै क्षेत्रमा राज्यको सम्बन्ध विकास गर्न राज्यको चाहनालाई प्रतिबिम्बित गरेको पुष्टि गरेका छन् ।

अल-फलिहले यस भ्रमणले दुई देशबीचको आर्थिक र लगानीलगायत सबै क्षेत्रमा दुई देशबीचको सम्बन्ध र साझेदारीको विकास र सुदृढीकरण गर्नको लागि नेतृत्वको चाहनालाई झल्काउने भन्दै यस भ्रमणले आर्थिक र लगानीको गति बढाउन सहयोग पुग्ने बताएका छन् ।

भिजन २०३० को ज्योतिमा राज्यले नवीकरणीय ऊर्जा, उद्योग, सञ्चार, सूचना प्रविधि, जैविक प्रविधि, पर्यटन, भवन तथा निर्माणलगायतका विभिन्न क्षेत्रमा लगानीका अभूतपूर्व अवसरहरू उपलब्ध गराएको भन्दै उनले दुई देशबीचको लगानी अभिवृद्धि गर्ने आकांक्षा व्यक्त गरेका छन् ।

यी दुई देशहरू बीचको व्यापार आदानप्रदानको मात्रा सन् २०२१ मा ८० अर्ब अमेरिकी डलर रहेको थियो । सीको राज्य भ्रमण डिसेम्बर ९ सम्म चल्नेछ जसमा राजा सलमान र चिनियाँ राष्ट्रपतिको नेतृत्वमा युवराज मोहम्मद बिन सलमानको सहभागीतामा साउदी-चीन शिखर सम्मेलन हुनेछ ।

यस हप्ताको शुरुमा एसपीएले सी चिनफिङको राज्य भ्रमणको क्रममा २९.२६ अर्ब डलर बराबरका २० शुरुआती सम्झौतामा हस्ताक्षर हुने जनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ