arrow

समूह चरणबाट बाहिरिएपछि हाजार्डले लिए संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
eden-hazard-belgium-retired.jpg

काठमाडौं । कतार विश्वकपको समूह चरणबाट बाहिरिएपछि बेल्जियम कप्तान इडेन हाजार्डले अन्तराष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । 

समूह एफ मा रहेको बेल्जियमले पहिलो खेलमा क्यानाडालाई हराएको थियो । दोस्रो खेलमा मोरक्कोलाई नतिजा सुम्पिएको थियो । समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेसँगै बेल्जियम घर फर्कन बाध्य भएको थियो । 

समूह चरणमा तीनवटै खेल खेले पनि हाजार्डले गोलको खाता भने खोल्न सकेनन् । हाजार्डले सन् २००८ मा बेल्जियमको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । 

उनले बेल्जियमबाट एक सय २६ खेलमा ३३ गोल गरेका छन् । बेल्जियमले २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा उनले प्रभावशाली प्रदर्शन गरेका थिए । 

सेमिफाइनलमा भने बेल्जियम फ्रान्ससँग निराश भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ