arrow

प्रधानमन्त्रीको दाबीः पश्चिमसेती ठग कम्पनीको हातमा परेको छैन, छिट्टै बन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
deuba--.jpg

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनिको हातमा परेको भन्दै अब सो योजना पूरा हुनेमा आफू विस्वस्त रहेको बताएका छन् ।

बिहीबार कैलाली उद्योग वाािणज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अब पश्चिम सेती परियोजना बन्नेमा म ढुक्क भएको छु किनकि पश्चिमसेती ठग कम्पनीको हातमा परेको छैन, अहिले लाइसेन्स पाएको कम्पनी काम गर्ने कम्पनी हो, काम गरेर देखाउने छ ।’

लगानी बोर्ड नेपालले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई लाइसेन्स दिएको छ ।

सो कम्पनीमाथि आफूले भरोसा गरेको देउवाको भनाइ छ । पश्चिम सेतीसँगै पञ्चेश्वर बहु उद्देश्यीय आयोजना निर्माणमा पनि भारतले तदारुकता देखाएको बताउँदै प्रधानमन्त्री देउवाले सो आयोजना निर्माण भए सुदूरपश्चिमको आर्थिक स्वरुप फेरिने बताए ।

प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर लगायत सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । 

उनले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताए । 

देउवाले सुदूरपश्चिमको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए । 

उनले सुदूरपश्चिमको मुख्य व्यपारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको वजारीकरणमा मद्धत पुग्ने बताए । 

उनले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि भएको भन्दै त्यका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न केन्द्र सरकार तयार रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ