arrow

मेलम्चीको पानी बाँडिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
tap-water.jpeg

काठमाडौं । आजबाट काठमाडौँवासीलाई मेलम्चीको पानी वितरण गरिँदै छ । आज खानेपानी मन्त्री उमाकान्त चौधरीले महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरणको शुभारम्भ गर्नेछन् । 

यसअघि विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो ।  वर्षामा बाढी आएर सुरुङ मार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । 

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेश मार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो ।

 मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ