arrow

कतार विश्वकपः पहिलो क्वार्टरफाइनलमा ब्रजिल र क्रोएसिया भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
Fjfu7sZXoAAOzUj.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरु शुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा ब्रजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । 

एजुकेसन सिटी स्टेडियममा हुने यो खेल राति ८ः४५ बजे शुरु हुनेछ । ब्रजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।

क्रोएसियाले राउन्ड अफ सिक्सटिनमा जापानलाई हराएको थियो । 

क्रोएसिया साविक उपविजेता हो । ब्रजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । 

लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्रजिलको कप्तानी सम्हाल्नेछन् । ब्रजिलका लागि नेयमारकाे खेलकाे प्रतिक्षा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ