arrow

विश्वकपबाट स्पेन बाहिरिएपछि प्रशिक्षक एन्रिकले छाडे पद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
luis-enarikay-football.jpg

काठमाडौं । स्पेनी फुटबल टिमका प्रशिक्षक लुइस एन्रिकले पदबाट राजीनामा दिएका छन् । कतार विश्वकप फुटबलमा स्पेन राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएपछि इन्रिकले पद त्यागेका हुन् । 

मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि स्पेनको उपाधि जित्ने योजना समाप्त भएको थियो । ५२ वर्षीय एन्रिक सन् २०१८ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा स्पेन सन् २०२० युरो च्याम्पियनशिपको सेमिफाइनलमा पुगेको हो । टोली इटालीसँग पराजित भएको थियो । 

एन्रिकले पद छाडेसँगै स्पेन यू २१ टोलीका प्रशिक्षक लुइस डे ला फुइन्टले पद लिने बताइएको छ । 

कतार विश्वकपको पहिलो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा स्पेन जापानसँग २–१ ले पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ