arrow

मेलम्चीको पानी बाँड्न थालियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
melaemchi-water.jpg

काठमाडौं। काठमाडौँवासीका लागि मेलम्चीको पानी बाँड्न थालिएको छ । उपत्यकाका धारामा आजबाट मेलम्चीको पानी आउने भएको छ ।

 खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रवार बिहान महाँकालस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोडेका छन् । अब काठमाडौँवासीको घरघरमा पानी आउनेछ । 

यसअघि विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो । वर्षामा बाढी आएर सुरुङ मार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ