arrow

मस्कले सार्वजनिक गरे ट्विटरका काला कर्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
twitter-files-elon-musk-black-list.jpg

काठमाडौं । 'ट्विटर फाइल्स'को दोस्रो चरण सार्वजनिक गरिएको छ । दोस्रो चरणको ट्विटर फाइल्समा एलन मस्कले आफूले कम्पनी किन्नुअघि ट्विटरले दक्षिणपन्थी विचारधाराका प्रयोगकर्ताहरुको ट्वीटलाई कसरी एक 'गोप्य कालो सूची'मा राख्ने गरेको रहेछ भनेर खुलासा गरेका छन् ।

'ट्विटर फाइल्स' ट्विटर इंकको २०२० देखिका आन्तरिक कागजात र गाेप्य जानकारी हुन्, जुन हालका मालिक एलन मस्कले पत्रकार म्याट ताइबी र बारी वेइससँग बताएका छन् ।

ट्विटर फाइल्सको पहिलो किस्ता गत हप्ता पत्रकार ताइबीद्वारा सार्वजनिक गरिएको थियो, जसले २०२० को राष्ट्रपतीय चुनावमा हन्टर बाइडेन (अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा) को ल्यापटपको कथालाई दबाउनको लागि ट्विटरले कसरी जानाजानी प्रयास गरेको थियो भन्ने आन्तरिक कुरा सार्वजनिक गरेको छ ।

बिहीबार ट्विटरका काला नीतिहरूको दोस्रो भाग साझा गर्ने पालो पत्रकार वेसको थियो ।

'नयाँ ट्विटर फाइल्सको अनुसन्धानले ट्विटरका कर्मचारीहरूको टोलीले कालोसूचीहरू निर्माण गर्दै केही व्यक्तिका ट्विटरहरुलाई कसरी चर्चामा जान दिनबाट रोकेका थिए र उनीहरुको ट्विटर अकाउन्टलाई कसरी थोरै कम प्रयोगकर्ताले देख्ने र फेला पार्ने कठिन गरेका थिए भन्ने कुरा सार्वजनिक' गरेको पत्रकार वेइसले आफ्नो ट्विटर थ्रेडमा भनेकी छन् ।

'ट्विटरको एक मिशन सबैलाई विचार र जानकारी तुरुन्तै सिर्जना गर्न र बाधा बिना साझेदारी गर्ने शक्ति दिनु थिया तर, बाधाहरू खडा गरियो,' वेइसले भनेकी छन् ।

यस्ता छन् उनले गरेका खुलासा

पत्रकार वेइसले स्क्रिनसट शेयर गर्दै ट्विटरले कसरी कोभिड-१९ को लकडाउनले बच्चाहरुमा नकरात्मक असर पर्न सक्छ भन्ने स्ट्यानफोर्डका डाक्टर जय भट्टाचार्यको विचारलाई प्रतिबन्ध लगाएको थियो भन्ने कुरा सार्वजनिक गरेकी छिन् ।

यस्तै उनले अर्काे स्क्रिनसटमा लोकप्रिय दक्षिणपन्थी टक शो होस्ट ड्यान बोङ्गिनोलाई ट्विटरमा फेला पर्नबाट कसरी प्रतिबन्धित गरिएको थियो भन्ने कुरा खुलासा गरेकी छिन् ।

यस्तै पत्रकार वेइसले ट्विटरले सुरुमा केही प्रयोगकर्ताहरूको आवाज दबाएको कुरा अस्वीकार गरेको बताएकी छिन् ।

सन् २०१८ मा, ट्विटरको तत्कालीन कानूनी नीति र ट्रस्ट प्रमुख विजया गड्डे र उत्पादन प्रमुख केभोन बेकपुरले कम्पनीमा छाया प्रतिबन्धन नरहेको र निश्चित रूपमा राजनीतिक दृष्टिकोण वा विचारधारामा आधारित छाया प्रतिबन्ध समेत नगर्ने भनेको उनले खुलासा गरेकी छिन्  ।

स्रोतहरू उद्धृत पत्रकार वेइसले ट्विटरका अधिकारी र कर्मचारीहरुले आवाज दबाउन छाया प्रतिबन्ध वा भिजिबिलिटी फिल्टरिङ प्रयोग गरेको बताएकी छन् ।

उनले दाबी गरे कि ट्विटरले व्यक्तिगत प्रयोगकर्ताहरूको खोजी रोक्न भिजिबिलिटी फिल्टरिङ प्रयोग गरेको बताएकी छिन् ।

'हामी भिजिबिलिटीलाई अलि अलि नियन्त्रण गर्छौं र हामी तपाईंको सामग्रीको विस्तारलाई पनि अलि अलि नियन्त्रण गर्छौं । सामान्य मानिसहरूलाई थाहा छैन कि हामी कति गर्छौं,' ट्विटरका एक इन्जिनियरले वेइसलाई भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ