arrow

तनहुँमा सवारी दुर्घटना, एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
death photo.jpg

तनहुँ । तनहुँमा बिहीबार सवारी दुर्घटनामा हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. २ की ५५ वर्षीया लालुमाया थापा रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी थापाको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा ११ जना घाइते भएको तनहुँ प्रहरीले जनाएका छ ।

घाइतेमध्ये एक जनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पताल र अन्यको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आँबुखैरेनीबाट पोखरातर्फ आउँदै गरेको बा३ख २७१६ नम्बरको माइक्रोबस आँबुखैरनी गाउँपालिका वडा नं. २ मार्कीचोकमा ना७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ