arrow

छोरी भेट्न जाँदा अस्पतालको तेश्रो तलाबाट खसेर आमाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
manipal-teaching-hospital.jpg
तस्बिर – फाइल ।

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर आज एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

तेश्रो तलाबाट खसेलगत्तै उनको मृत्यु भएको बताइन्छ । प्रहरीका अनुसार धनसरी मणिपालमा उपचाररत छोरी पूर्णकुमारीलाई भेट्न पुगेकी थिइन् । पूर्णकुमारी मुटुसम्बन्धी रोगको उपचारका लागि तीन दिनदेखि अस्पताल भर्ना भएकी थिइन् ।

उनी खस्नुको कारण नखुलेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ