arrow

मध्यान्तरसम्म ब्रजिल गोलरहित बराबरीमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
qatar-worldcup-brazil-croatia.jpg

काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत पहिलो क्वार्टरफाइनलमा अहिले क्रोएसिया र ब्रजिल मैदानमा रहेका छन् । खेल एजुकेसन सिटी स्टेडियममा जारी रहेको छ । मध्यान्तरसम्म दुवैतर्फ गोल भएको छैन । 

ब्रजिलले गोलका लागि तीन वटा प्रहार गरेको छ । बल नियन्त्रण भने क्रोएसियाले बढी गरेको छ । क्रोएसियाले ५२ प्रतिशत बल नियन्त्रणमा लिएको छ । अहिलेसम्म दुवै टिमका एक एक खेलाडीले पहेँलो कार्ड खाएका छन् । ब्रजिलले ६ तथा क्रोएसियाले ८ फल खेलेको छ । 
 

ब्रजिल पाँच पटकको च्याम्पियन हो भने क्रोएसिया साविक उपविजेता हो । राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई तथा ब्रजिलले दक्षिण कोरियालाई हराएको थियो ।

हेड टु हेडमा अहिलेसम्म दुई टोलीबीच चार पटक प्रतिस्पर्धा भएको छ । जसमा ब्रजिलले तीन खेलमा जितेको छ । एक खेल बराबरीमा सकिएको छ । यसरी हेर्दा ब्रजिल नै अब्बल देखिएको छ । तर अहिलेसम्म आइपुग्दा केही अप्रत्याशित नतिजा आइरहँदा यो खेलमा पनि अप्रत्याशित नतिजा नआउला भन्न सकिन्न । 

यस खेलमा क्रोएसियाका लुका मोड्रिच र ब्रजिलका नेयमार प्लेयर्स टु वाचमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ