arrow

नेयमारको गोलले लियो ब्रजिलले अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
neymar-goal-qatar-worldcup.jpg

काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत पहिलो क्वार्टरफाइनलमा अहिले क्रोएसिया र ब्रजिल मैदानमा रहेका छन् । खेल एजुकेसन सिटी स्टेडियममा जारी रहेको छ । नेयमारको गोलले ब्रजिलले अग्रता लिएको छ । निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फ गोल नभएपछि थपिएको ३० मिनेटको पहिलो १५ मिनेटको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्रजिललाई अग्रता दिलाएका हुन् । 

उनले ब्रजिलका लागि ७७ गोल गरेका छन् । उनले पेलेको बराबरी गरेका छन् । 

ब्रजिल पाँच पटकको च्याम्पियन हो भने क्रोएसिया साविक उपविजेता हो । राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई तथा ब्रजिलले दक्षिण कोरियालाई हराएको थियो ।

हेड टु हेडमा अहिलेसम्म दुई टोलीबीच चार पटक प्रतिस्पर्धा भएको छ । जसमा ब्रजिलले तीन खेलमा जितेको छ । एक खेल बराबरीमा सकिएको छ । यसरी हेर्दा ब्रजिल नै अब्बल देखिएको छ । तर अहिलेसम्म आइपुग्दा केही अप्रत्याशित नतिजा आइरहँदा यो खेलमा पनि अप्रत्याशित नतिजा नआउला भन्न सकिन्न । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ