arrow

कतार विश्वकपमा आज अन्तिम दुई क्वार्टरफाइनल, फ्रान्स–इङ्गल्याण्ड र पोर्चुगल–मोरक्कोबीच भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
qatar-world-cup-2022.png
तस्बिर – फाइल ।

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

अल थुमामा स्टेडियममा हुने यो खेल राति ८ः४५ बजे शुरु हुनेछ ।

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो । मोरक्को पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६–१ ले हराएको थियो ।

हेड टु हेडमा अहिलेसम्म विश्वकपमा दुवै टिम दुईपटक आमने सामने भएका छन् । सन् १९८६ मा पोर्चुगल मोरक्कोसँग ३–१ ले पराजित भएको थियो । सन् २०१८ मा भने पोर्चुगलले १–० ले हराएको थियो । 

अन्तिम क्वार्टरफाइनलमा फ्रान्स र इङ्गल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने यो खेल राति १२ः४५ बजे शुरु हुनेछ ।

साविक विजेता फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई ३–१ ले हराएको थियो । यस्तै इङ्गल्याण्डले सेनेगललाई ३–० ले हराएको थियो ।

अहिलेसम्म विश्वकपमा दुईपटकमात्र भिडन्त भएको छ । दुवैपटक इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डले सन् १९६६ र सन् १९८२ मा जित हासिल गरेको हो । सन् २०१७ मा भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्णमा भने फ्रान्स ३–२ ले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ