arrow

सार्वजनिक स्थलमा महिलासहित २७ जनालाई कोर्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
korra.jpg

काबुल । तालिबानले महिलासहित २७ जना अफगानीहरूलाई ठूलो भीडको अगाडि कोर्रा लगाएको छ । गत वर्ष सत्तामा फर्किएपछि पहिलो पटक एक दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक दिनपछि सार्वजनिक रुपमा कोर्रा दिइएको हो । 

उनीहरूका मुख्य प्रवक्ताले सार्वजनिक सजायको अन्तर्राष्ट्रिय आलोचनालाई इस्लामको सम्मानको कमी भने । पहिलो पटक सत्तामा रहँदा कठोर शासनका लागि कुख्याती कमाएका तालिबानले नरम अप्नाउने बाचा गरे पनि तालिबानले बिस्तारै इस्लामिक कानुन वा सारिया कानुनको पुनः व्याख्या गरेका छन् ।

मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आलोचनाले मुस्लिमहरूको विश्वास, कानून र आन्तरिक मामिलाहरूको सम्मान नगर्ने बताए । 

एक विज्ञप्तिमा सर्वोच्च अदालतले राजधानी काबुलबाट करिब ५० किलोमिटर (३२ माईल) उत्तरमा परवान प्रान्तको राजधानी चारिकारमा बिहीबार २७ ‘अपराधीहरू’लाई कोर्रा लगाएको बताएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ