arrow

भारतको उच्च योगफलमा इशान र विराटको कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
kohli-kishan-290-partnership.jpg

काठमाडौं । बंगलादेश विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतले उच्च योगफल जोडेको छ । यसअघिका दुवै खेल गुमाएर श्रृंखला हारिसकेको भारतले क्लिन स्विप हुनबाट जोगिनका लागि चट्टोग्राममा जारी खेलमा पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ४०९ रन बनायो । 

भारतका लागि इशान किसानले २१० रन बनाए । उनले १३१ बल खेल्दै उक्त योगफल जोडेका हुन् । उनी दोहोरो शतक प्रहार गर्ने विश्वका सातौं खेलाडी बनेका छन् । अहिलेसम्म रोहित शर्माले ३ तथा इशानसँगै मार्टिन गुप्टिल, वीरेन्द्र सहवाग, क्रिस गेल, फखर जमान र सचिन तेन्दुलकरले दोहोरो शतक प्रहार गरेका छन् । 

२४ वर्षीय इशान उनी तीव्र गतिमा दोहोरो शतक बनाउने रेकर्ड आफ्नो नाममा लेखाउन सफल भए । उनले १२६ बलमा दोहोरो शतक बनाएका हुन् । यसअघि क्रिस गेलले १३८ बलमा दोहोरो शतक बनाएका थिए । 

त्यस्तै दोस्रो विकेटका लागि २९० रनको साझेदारी गर्ने क्रममा विराट कोहलीले ९१ बलमा ११३ रन बनाए । कोहलीले करियरको ४४ औं शतक बनाएका छन् । उनले १ हजार २१४ दिनपछि एक दिवसीयमा शतक बनाएका हुन् । 

योसँगै उनले अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङको रेकर्ड पनि तोडेका छन् ।  कोहलीले सबै शैलीमा गरी ७२ शतक बनाएका छन् । पोन्टिङको नाममा ५६० खेलमा ७१ शतक रहेको थियो । विराटले ४८२ खेलमा ७२ शतक बनाएका हुन् । 

विराटले एक दिवसीयमा ४४, टेष्टमा २७ तथा टी–२० मा एउटा शतक बनाएका छन् । 

उनीभन्दा अगाडि लिटिल मास्टर सचिन तेन्दुकलर मात्र छन् । संन्यास लिइसकेका तेन्दुलकरले शतक बनाएका छन् । उनले टेष्टमा ५१ तथा एक दिवसीयमा ४९ गरी शतकमा शतक बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ