- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा अहिले मोरक्को र पोर्चुगल खेल्दैछन् । खेल राति ८ः४५ बजे अल थुमामा स्टेडियममा हुँदैछ ।
मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो । विश्वकपको अभागी टिममध्येको एक पोर्चुगलले अहिलेसम्म तेस्रो स्थानमात्रै हासिल गरेको छ ।
पोर्चुगलले राउण्ड अफ १६ मा स्वीट्जरल्याण्डलाई हराएको थियो । हरेक खेल पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोका लागि अन्तिम जस्तै भएको छ । र विशेष पनि भएको छ । किनकि उनी विश्वकपमा उमेरका कारण पनि अन्तिम पटक देखिँदैछन् ।
उनी ३७ वर्षका भइसकेका छभन् । त्यसैले पनि अन्य खेलाडीहरु हुँदा हुँदै पनि रोनाल्डो प्लेयर टु वाचमा छन् । उनी यो खेलमा शुरुआती ११ मा छैनन् ।
हेड टु हेडमा मोरक्को र पोर्चुगलबीच अहिलेसम्म दुई खेलमा प्रतिस्पर्धा भएको छ । जसमा मोरक्को र पोर्चुगलले एक एक खेल जितेका छन् ।
समूह चरणमा दक्षिण कोरियासँग पराजित भएको पोर्चुगल यतिबेला निकै दबाबमा छ ।