arrow

मध्यान्तरसम्म पोर्चुगल पछि, मोरक्को १–० ले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
portugal-morocco-halftime.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा अहिले मोरक्को र पोर्चुगल खेलिरहेका छन् । अल थुमामा स्टेडियममा जारी खेलको मध्यान्तरसम्म मोरक्को १–० ले अगाडि रहेको छ । 

खेलको ४२ औं मिनेटमा युसेफ एन–नेसिरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।  मध्यान्तरसम्म पोर्चुगलले ७१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि गोल भने मोरक्कोबाट खान पुग्यो । 

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो । विश्वकपको अभागी टिममध्येको एक पोर्चुगलले अहिलेसम्म तेस्रो स्थानमात्रै हासिल गरेको छ । 

पोर्चुगलले राउण्ड अफ १६ मा स्वीट्जरल्याण्डलाई हराएको थियो । हरेक खेल पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोका लागि अन्तिम जस्तै भएको छ । र विशेष पनि भएको छ । किनकि उनी विश्वकपमा उमेरका कारण पनि अन्तिम पटक देखिँदैछन् । 

उनी मध्यान्तरसम्म भने खेलेनन् । उनी ३७ वर्षका भइसकेका छन् । त्यसैले पनि अन्य खेलाडीहरु हुँदा हुँदै पनि रोनाल्डो प्लेयर टु वाचमा छन् । 

हेड टु हेडमा मोरक्को र पोर्चुगलबीच अहिलेसम्म दुई खेलमा प्रतिस्पर्धा भएको छ । जसमा मोरक्को र पोर्चुगलले एक एक खेल जितेका छन् ।

समूह चरणमा दक्षिण कोरियासँग पराजित भएको पोर्चुगल यतिबेला निकै दबाबमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ