arrow

विश्वकपमा मोरक्कोको ऐतिहासिक जित, पोर्चुगललाई हराउँदै सेमिफाइनलमा, सकियो रोनाल्डो युग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
qatar-worldcup-portugal-morocco.jpg

काठमाडौं । मोरक्को कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । 

अल थुमामा स्टेडियममा भएको खेलको ४२ औं मिनेटमा युसेफ एन–नेसिरीले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टिमले गोलका लागि गरेका थुप्रै प्रयास असफल भएका थिए । खेलको इन्जुरी समयमा वालिद चेद्दिरा दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिँदा मोरक्को अन्तिम पाँच मिनेट १० खेलाडीमा सीमित भएको थियो । 

तर पोर्चुगलले कुनै चमत्कार गर्न सकेन । पोर्चुगलले ७६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल गर्न नसक्दा पराजित हुनुपर्यो । 

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको थियो । अब भने अर्को रेकर्ड राखेको छ । विश्वकपको अभागी टिममध्येको एक पोर्चुगलले अहिलेसम्म तेस्रो स्थानमात्रै हासिल गरेको छ । 

पोर्चुगलले राउण्ड अफ १६ मा स्वीट्जरल्याण्डलाई हराएको थियो । समूह चरणमा दक्षिण कोरियासँग पराजित भएको पोर्चुगल निरन्तर दबाबमा खेल्दै आएको थियो । 

सकियो रोनाल्डो युग 
पोर्चुगलका चर्चित स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो अन्तिम खेलमा कुनै चमत्कार गर्न सकेनन् । खेलको ५१ औं मिनेटमा मात्र मैदानमा छिरेका रोनाल्डोले केही उत्कृष्ट मुभ देखाएका भए पनि दादूमयी गोलको भने अभाव रह्यो ।

उनी ३७ वर्षका भइसकेका छन् । उनले यही नै अन्तिम विश्वकप खेलेका छन् । तर यो विश्वकपमा उनले कुनै जादू देखाउन सकेनन् । विश्वकपका लागि रोनाल्डोको युग सकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ