arrow

चन्द्रमा परिक्रमा गरेर आज पृथ्वीमा अवतरण गर्दै नासाको ओरियन क्याप्सुल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
nasa-orion-capsule.jpg

काठमाडौं । आज अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो ओरियन क्याप्सुल पृथ्वीमा फिर्ता अवतरण गराउँदै छ ।

चन्द्रमाको वरिपरि तीन हप्ताको यात्रामा रहेको यो स्पेसशिपले क्यालिफोर्निया स्थित प्रशान्त महासागरमा स्प्ल्याशडाउन अथवा अवतरण गराउन लागेको हो ।

मानवरहित यो क्याप्सुलले सोचेअनुसार सफल काम गरेमा अर्काे पटक यसमा चन्द्रमाको वरिपरी परिक्रमा गराउन अन्तरिक्ष यात्रि पठाइने छ र त्यसपछि यसैमा चन्द्रमामा अवतरण गर्नेकै लागि नासाले यसै दशकमा अन्तरिक्ष यात्रि पठाउने छ ।

प्यारासुटको सहायताले यो क्याप्सुल स्थानीय समय अनुसार करिब ९ बजेर ४० मिनेटमा समुद्रमा खस्नेछ ।

यो प्रक्षेपण मानवजातीलाई चन्द्रमामा पठाउने नासाको आर्टेमिस कार्यक्रमको एक हिस्सा हो । आइतबार अर्थात् आज नै अपोलो १७ मिशन अन्तर्गत अन्ति व्यक्तिले चन्द्रमामा पाइला टेकेको ५० वर्ष पूरा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ