arrow

बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
nobel-check-up-2079-08-24.jpg

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको बुद्धशान्ति गाउँपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय गणेश माध्यमिक विद्यालयसँग सहकार्य गरेर विद्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।
    
शिविरमा ६ सय ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

उनका अनुसार शिविरमा १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८९ जनाको रक्त परीक्षण र १ सय ४२ जनाको मुटुको जाँच इसीजी गरिएको छ । शिविरमा नोबेलका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको जाँच गरेको थियो ।

    ग्रामिण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सांसदसमेत रहेका नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको योजना अनुरुप नोबेलले वर्षौं अघिदेखि नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ