arrow

पेलेले दिए नेयमारलाई बधाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
pelefullversion.jpg.jpeg
तस्बिर – फाइल ।

 काठमाडौं । महान् फुटबल खेलाडी पेलेले ब्रजिलियन स्टार नेयमारलाई आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा बधाई दिएका छन् । गत शुक्रबार राति भएको कतार विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध गोल गर्दै पेलेको बराबरी गरेपछि पेलेले नेयमारलाई बधाई दिएका हुन् ।

नेयमारले देशका लागि ७७ औं गोल गरेका छन् । तर ब्रजिल भने उक्त खेलमा पराजित भयो । ब्रजिल विश्वकपबाट बिदा भएकोमा पेलेले दुःख व्यक्त गरे । अहिले अस्वस्थताका कारण अस्पतालमा रहेका पेलेले इन्स्ट्राग्रामबाट विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग ब्रजिल पराजित भएपछि नेयमारलाई सन्देश दिएका हुन् । 

उनले लेखेका छन्, ‘मैले तिमी फुटबलमा हुर्केको देखेको छु। तिमी मेरो गोलसम्म पुग भनेर हरेक दिन प्रार्थना गरेको छु । जुन अन्ततः सफल भएको छ। मेरो कीर्तिमान करिब ५० वर्ष रह्यो र तिमीबाहेक कोही त्यसको नजिक पनि पुग्न सकेनन् । त्यसैले तिमीलाई बधाई र धन्यवाद छ । हामी दुवैलाई थाहा छ यो एउटा अङ्क मात्र होइन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ