arrow

म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु – नेयमार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
neymar-qatar-worldcup.jpg
तस्बिर – फाइल ।

रियो दि जेनेरियो । ब्रजिलयन फुटबलर नेयमारले क्रोएसियासँगको  पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् । शुक्रबार क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्रजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।

‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु’, नेमारले इन्स्टाग्राम पोस्टमा भने, ‘यो पक्कै पनि पराजय हो जसले मलाई सबैभन्दा बढी चोट पुर्‍यायो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षाघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँशु चुहियो ।’

उनले अगाडि लेखेका छन्, ‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ ।’ उनको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् । 

नेयमारले जारी कतार प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुन सक्ने संकेत गरे । उनी कूपे डु मोन्डेमा अर्को प्रतियोगिताका लागि ब्रजिलियन टोलीमा फर्किने बारेमा अनिश्चित छन् ।

यसैबीच नेयमारको भावनात्मक इन्स्टाग्राम पोस्टको जवाफमा ब्रजिलियन फुटबल लिजेन्ड पेलेले उनलाई ‘निरन्तर प्रेरणा बन्न’ आग्रह गरे । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ